यी पालिकामा कार्यरत अस्थायी करार शिक्षक कर्मचारीको नियुक्ति सम्झौता रद्द

हिमाल प्रेस २२ असोज २०८२ १२:५०
1.0k
SHARES
यी पालिकामा कार्यरत अस्थायी करार शिक्षक कर्मचारीको नियुक्ति सम्झौता रद्द

काठमाडौँ- सरकारको निर्णयअनुसार सर्लाहीका मलंगवा नगरपालिका र धनकौल गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करार सेवाका कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट प्राप्त पत्रका आधारमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले असोज ५ गतेको बैठकमार्फत ‘नेपाल सरकार, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी राख्न नपाइने’ भन्ने निर्णय गरेको थियो।

उक्त निर्णय बमोजिम मलंगवा नगरपालिकाले असोज १२ गतेदेखि र धनकौल गाउँपालिकाले असोज १३ गतेदेखि लागू हुने गरी आफ्नो कार्यालयअन्तर्गत कार्यरत अस्थायी, करार, दैनिक ज्यालादारी तथा अन्य दरबन्दीबाहेकका कर्मचारीहरूको नियुक्ति र सम्झौता रद्द गरिएको सूचना जारी गरेका छन्।

मलंगवा नगरपालिकाले स्वास्थ्यकर्मी, शिक्षक र अन्य अस्थायी नियुक्तिहरूमा पनि निर्णय लागू हुने उल्लेख गरेको छ। गाउँ र नगरपालिकाले उक्त सूचना सार्वजनिक गर्दै सम्बन्धित सबै कर्मचारीलाई जानकारीका लागि आग्रह गरेका छन्।

प्रकाशित: २२ असोज २०८२ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast