नयाँ नियुक्त शिक्षक कर्मचारीसहितलाई जीवन बीमाबारे कोषको यस्तो आग्रह

हिमाल प्रेस २२ असोज २०८२ १२:२६
470
SHARES
नयाँ नियुक्त शिक्षक कर्मचारीसहितलाई जीवन बीमाबारे कोषको यस्तो आग्रह

काठमाडौँ- नागरिक लगानी कोषले नयाँ नियुक्त राष्ट्रसेवक कर्मचारीहरूलाई सावधिक जीवन बीमा कोषमा प्रिमियम रकम एकमुष्ट बुझाउन आग्रह गरेको छ।

कोषले बुधबार जारी गरेको सूचनामा बीमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा बीमा प्रिमियम रकम पठाई राष्ट्रसेवक कर्मचारीहरूको सावधिक जीवन बीमा कोष सञ्चालन हुँदै आएको उल्लेख छ।

यो योजनाअन्तर्गत निजामती सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूको मासिक पारिश्रमिकबाट सावधिक जीवन बीमाका लागि रकम कट्टा गरिन्छ। सोही बराबरको रकम नेपाल सरकारले थप गरी प्रत्येक महिना कोषमा जम्मा गर्दै आएको कोषले जनाएको छ।

कोषका अनुसार वार्षिक तोकिएको रु. ९,६०० बराबरको बीमा प्रिमियम रकम हालको आर्थिक वर्षभित्र जम्मा भएमा मात्र अर्को आर्थिक वर्षका लागि बीमा पोलिसी जारी हुने व्यवस्था छ।

त्यसैले नयाँ नियुक्त कर्मचारीहरूले आफ्नो नियुक्ति भएको आर्थिक वर्षमै नपुग्ने बीमा प्रिमियम रकम आफैँ कार्यरत कार्यालयमार्फत नागरिक लगानी कोषमा एकमुष्ट जम्मा गर्न अनुरोध गरिएको छ।

कोषले बीमा प्रिमियम रकम अपुग रहेसम्म बीमा सुनिश्चित नहुने भएकाले सबैको जानकारीका लागि यो सूचना जारी गरिएको स्पष्ट पारेको छ।

प्रकाशित: २२ असोज २०८२ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast