कति पुग्यो सूनको मूल्य, यस्तो छ आजको अपडेट

हिमाल प्रेस २२ असोज २०८२ ११:२८
22
SHARES
कति पुग्यो सूनको मूल्य, यस्तो छ आजको अपडेट

काठमाडौँ- बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको दर उच्च बिन्दुमा पुगेको छ। हाल प्रतिऔंस ४ हजार २५ डलरमा कारोबार भइरहेको सुनले इतिहासकै नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ९६० रुपैयाँमा रहेको चाँदी आज ५ रुपैयाँले घटेर २ हजार ९५५ रुपैयाँमा झरेको छ।

प्रकाशित: २२ असोज २०८२ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast