शोभा पाठकको उजुरीपछि महेश बस्नेत साइबर ब्युरोमा बयान दिन हाजिर

हिमाल प्रेस २२ असोज २०८२ १०:४९
30
SHARES
शोभा पाठकको उजुरीपछि महेश बस्नेत साइबर ब्युरोमा बयान दिन हाजिर एमाले नेता महेश बस्नेत।

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत साइबर अपराधको आरोपमा बयान दिन नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटी पुगेका छन्।

बुधबार बिहान उनी ब्युरोमा उपस्थित भएका हुन्। बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन्। प्रारम्भिक चरणमा अनुसन्धान अघि नबढेपछि केही दिनअघि सरकारी वकिलको कार्यालयले प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो।

त्यसै निर्देशनका आधारमा साइबर ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको हो। हाल उनको बयान लिने प्रक्रिया जारी रहेको ब्युरो स्रोतले जनाएको छ।

प्रकाशित: २२ असोज २०८२ १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast