रातु नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति

हिमाल प्रेस २२ असोज २०८२ १०:३५
10
SHARES
रातु नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति तस्बिर : रञ्जन भण्डारी माली

महोत्तरी– रातु नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ। नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको क्षति भएको हो।

बाढीले करिब १५ करोड मूल्य बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलले बताए। उनका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर र डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ। नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो।

बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्।

प्रकाशित: २२ असोज २०८२ १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast