खुकुरी प्रहार गरेर श्रीमतीको हत्या

हिमाल प्रेस २२ असोज २०८२ ९:१६
4
SHARES
खुकुरी प्रहार गरेर श्रीमतीको हत्या

नुवाकोट– घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जितमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन्। सविनाको घटनास्थलमा नै मृत्यु भएको हो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ। अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन्। रासस

प्रकाशित: २२ असोज २०८२ ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast