बाढीपहिरोका घाइतेको नि:शुल्क उपचार

हिमाल प्रेस २१ असोज २०८२ १६:०८
4
SHARES
बाढीपहिरोका घाइतेको नि:शुल्क उपचार

काठमाडौँ- सरकारले बाढीपहिरो प्रभावितका लागि राहत र अस्थायी आवासको काम तत्काल सुरु गर्ने भएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार आयोजित पत्रकार भेटघाटमा कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले खोज तथा उद्धारलाई निरन्तरता दिँदै राहत र अस्थायी आवासको व्यवस्था पनि अघि बढाउने बताएका हुन्।

यसैगरी घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने, विपद्पछि माहामारीजन्य रोग फैलनसक्ने तर्फ समुदायलाई सचेत गराउने काम पनि सुरु गरिएको भट्टले जानकारी दिए।

क्षति पुगेका राजमार्ग एवं बाटोहरु यथाशीघ्र सञ्चालन गर्न काम भइरहेको उनको भनाइ थियो।

प्रकाशित: २१ असोज २०८२ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast