
काठमाडौँ– पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
‘नेपालमा बाढी र पहिरोबाट भएको जनधनको क्षतिबाट म ज्यादै दुःखी छु। म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।
प्रकाशित: २१ असोज २०८२ १२:०५
प्रतिक्रिया