
काठमाडौँ– सिड्नीको व्यस्त सडकमा भएको गोली हानाहानमा २० जना घाइते भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ।
प्रहरीले शंकास्पदलाई पक्राउ गर्नुअघि प्रहरी गाडीसहित बाटो हुँदै गइरहेका गाडीहरूमा अन्धाधुन्ध गोली चलाइरहेको बताएको छ।
न्यु साउथ वेल्स प्रहरीका स्टिफन पेरीले उक्त क्षेत्रमा ५० देखि १०० वटा गोली चलेको र प्रहरीले ६० वर्ष उमेरका संदिग्ध शूटरलाई पक्राउ गरेको जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य १९ जनाको काँचको टुक्राले गर्दा घाइते भएको पुष्टि गर्दै घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
उच्च सुरक्षा व्यवस्था सामूहिक हत्या र अनियमित गोलीबारी दुर्लभ भएको अस्ट्रेलियामा हात हतियार सम्बन्धि कानूनहरू अत्यन्त कडा छन्।
प्रकाशित: २० असोज २०८२ १७:१८
प्रतिक्रिया