इजरायलले मार्न खोजेको खलीलले शान्ति वार्तामा गर्दैछन् हामसको प्रतिनिधित्व

हिमाल प्रेस २० असोज २०८२ १६:०८
20
SHARES
इजरायलले मार्न खोजेको खलीलले शान्ति वार्तामा गर्दैछन् हामसको प्रतिनिधित्व

काठमाडौँ- इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता चाँडै इजिप्टमा सुरू हुने भएको छ। यो बैठकमा हमासको नेतृत्व खलील अल–हयाले गर्नेछन्।

खलील अल–हया त्यही व्यक्ति हुन्, जसलाई गत महिना इजरायलले कतारको राजधानी दोहामा निशाना बनाउने प्रयास गरेको थियो। इजरायलको यो आक्रमणमा हमासका पाँच सदस्य र कतारका एक सुरक्षा अधिकारी मारिएका थिए।

बैठकमा इजरायल र हमाससँगै अमेरिका र कतारका प्रतिनिधिसहरू पनि सहभागी हुनेछन्। यी दुवै देश गाजामा शान्तिका लागि प्रमुख मध्यस्थकर्ताको रूपमा काम गरिरहेका छन्।

अमेरिकातर्फ विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईँ तथा पूर्वसल्लाहकार जारेड कुशनर सहभागी हुनेछन्। उता, कतारतर्फबाट प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानी वार्तामा सहभागी हुनेछन्।

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयले इजरायली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री रोन डर्मरले गर्ने बीबीसीले जनाएको छ।

प्रकाशित: २० असोज २०८२ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast