
काठमाडौँ- नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सक्रियताका साथ चुनावका भाग लिने बताएका छन्।
समितिको सोमबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ। सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो। हाम्रो पार्टी सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ।’
प्रचण्डले निर्वाचनमा सहभागिताबारे अन्य दलसँग पनि छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ। मलाई लाग्छ– केही समयपछि त्यसको परिणाम देखिन्छ।’
प्रकाशित: २० असोज २०८२ १५:१७
प्रतिक्रिया