
काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट सोमबार बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट मनसुन बाहिरिएको हो।
मनसुनी वायु कमजोर भइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रिया अनुगमन गरिरहेको छ।
प्रकाशित: २० असोज २०८२ १४:३५
प्रतिक्रिया