नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको मिति सर्‍यो

हिमाल प्रेस २० असोज २०८२ १३:३१
14
SHARES
नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको मिति सर्‍यो

काठमाडौँ- ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को मिति सारिएको छ। देशमा अकल्पनीय दु:खद् र कारूणिक घटना भएका कारण सम्मेलन सार्नुपरेको नइ एकेडेमीले जनाएको छ।

‘हामी तिहारपछि सम्मेलन गर्ने अभियानमा जुटेका थियौँ। देशमा अकल्पनीय दु:खद र कारूणिक घटना घटेपछि हामी पनि विह्वल र स्तब्ध भएका छौँ। अत: नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको तिथि मिति केही समय पर सार्नुपरेको बेहोरा हामी अवगत गराउँदछौँ’, एकेडेमीले जारी गरेको सूचनामा उल्लेख छ। सारिएको मिति भने उल्लेख गरिएको छैन।

एकेडेमीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको प्राज्ञिक नेतृत्वमा दुईदिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्न लागेको हो। सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी छन् भने सल्लाहकारमा प्रा.केशव सुवेदी छन्।

सम्मेलनमा ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थ प्रकाशित हुने एकेडेमीले जनाएको छ।

प्रकाशित: २० असोज २०८२ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast