
पोखरा- कोजाग्रत पूर्णिमाको दिन गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारको गत वर्ष चैत १२ को मन्त्रिपरिषद् बैठकले कोजाग्रत पूर्णिमासहित वर्षमा चार दिन चाडपर्व, जन्मजयन्ती तथा दिवसका बिदा दिने निर्णय गरेको थियो।
सोहीअनुसार असार २९ भानुजयन्तीमा बिदा थियो। यस्तै, माघ २२ गण्डकी प्रदेश स्थापना दिवस र चैतेदसैँ (आगामी चैत १२) मा पनि सार्वजनिक बिदा छ। मन्त्रिपरिषद्को निर्णयबारे प्रदेश राजपत्रमा सूचना प्रकाशित गरिएको छ।
कोजाग्रत पूर्णिमा अवसरमा पोखराको फेवाताल बीचको तालवाराही मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।
प्रकाशित: २० असोज २०८२ १२:५०
प्रतिक्रिया