
सुनसरी– वर्षा राकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा सोमबार बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ।
गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो। रातिदेखि नै वर्षा कम भएसँगै नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उनले बताए।
अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताए। आइतबार बिहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो।
प्रकाशित: २० असोज २०८२ ९:४८
प्रतिक्रिया