
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् जोखिम न्यूनीकरणका लागि राज्य संयन्त्रबाट भएको तदारुकताको सराहना गरेको छ। पार्टीको आइतबार बसेको बैठकले बाढीपहिरोका बेला जनताको जिउधन संरक्षणका लागि सक्रियताप्रति सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको प्रशंसा गरेको हो।
‘सरकारको नेतृत्व गम्भीर र इमानदार हुँदा जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएको छ। सरकार बलियो सांसदको धेरै संख्याले हैन, बलियो सार्वजनिक सेवाले हुने हो’, बैठकको निर्णयमा उल्लेख छ।
रास्वपाले विपद्को घडीमा आफ्नो ठाउँबाट गर्दै गरेको समन्वय र सहयोगलाई निरन्तरता जारी राख्ने भएको छ। पार्टीले आवश्यक उद्धारकार्यमा आफ्नो सीप र दक्षताअनुसार संलग्न हुन सबै तहलाई आह्वान गरेको छ।
प्रकाशित: २० असोज २०८२ ७:२९
प्रतिक्रिया