मोदीले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भने, सहयोग गर्न प्रतिबद्ध छौँ

हिमाल प्रेस १९ असोज २०८२ १६:३८
8
SHARES
मोदीले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भने, सहयोग गर्न प्रतिबद्ध छौँ

काठमाडौँ-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गरेका हुन्।

मोदीले लेखेका छन्, ‘यो कठिन समयमा हामी नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्ध छौँ।’ मोदीले मित्रवत् छिमेकी र पहिलो सहायकका रूपमा भारत आवश्यक कुनै पनि सहयोग गर्न सधैँ प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म भएको अविरल वर्षापछि पहिरो, डुबान र बाढीका घटनाले जनधनको ठूलो क्षति पुगेको छ। सुरक्षा निकाय अहिले पनि उद्धार र राहतका कार्यमा जुटेका छन्।

प्रकाशित: १९ असोज २०८२ १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast