गाडी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले दियो अनुमति

हिमाल प्रेस १९ असोज २०८२ १६:१०
20
SHARES
गाडी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले दियो अनुमति

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा भित्रिने गाडीहरूलाई सञ्चालनको अनुमति दिएको छ।

अविरल वर्षाका कारण रोकिएका गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालनको अनुमति दिएको हो।

अत्याधिक वर्षाका कारण राजमार्गहरूमा पुग्ने क्षतिलाई मध्यनजर गरी सरकारले शनिबार तीन दिनका लागि काठमाडौँ उपत्यकामा भित्रिने र बाहिरिने गाडीसहित लामो दूरीको गाडी सञ्चालनमा रोक लगाएकोमा जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर सञ्चालनको अनुमति दिएको हो।

मौसममा क्रमिक सुधार हुँदै गएकोले धादिङ, नुवाकोट र काठमाडौँ दक्षिणकाली सडक खण्डका पहिरोहरू पन्छाएर सडक सञ्चालन गर्ने कार्य द्रुत गतिमा भइरहेको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: १९ असोज २०८२ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast