लन्डनमा ‘प्यालिस्टाइन एक्सन’ को समर्थनमा प्रर्दशन, पाँच सय जना पक्राउ

हिमाल प्रेस १९ असोज २०८२ १२:२८
12
SHARES
लन्डनमा ‘प्यालिस्टाइन एक्सन’ को समर्थनमा प्रर्दशन, पाँच सय जना पक्राउ

काठमाडौँ- लन्डनमा प्रतिबन्धित संगठन ‘प्यालिस्टाइन एक्सन’ को समर्थनमा प्रदर्शन गर्ने करिब पाँच सय जना पक्राउ परेका छन्। बेलायतको प्रहरीले प्रदर्शनकारीहरू पक्राउ परेकोबारे जानकारी दिएको हो।

प्रदर्शनका आयोजकहरूको भनाइअनुसार प्रदर्शनका क्रममा करिब एक हजार मानिस सहभागी भएका थिए।

गत जुलाईमा बेलायती सरकारले ‘प्यालेस्टिाइन एक्सन’ नामक संगठनमाथि प्रतिबन्ध लगाएको थियो। त्यसयता बेलयातमा यस संगठनसँग कुनै सम्बन्ध राख्न वा यसको समर्थनलाई अवैधानिक भनिएको छ।

प्रहरीका अनुसार प्रतिबन्धित संगठनको समर्थनमा प्रदर्शन गर्ने ४८८ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको उमेर १८ देखि ८९ वर्षसम्मको रहेको छ।

गत बिहीबार म्यानचेस्टरमा यहूदी प्रार्थनास्थलनजिक एक कार आक्रमण भएको थियो। आक्रमणमा चार जना घाइते भएका थिए। यो घटनापछि डनमार्कमा रहेका बेलायती प्रधानमन्त्री कीयर स्टार्मर भ्रमण रद्द गरेर तत्काल स्वदेश फर्किएका थिए।

यो आक्रमणको घटनापछि मन्त्रीहरू र प्रहरीले प्रदर्शन स्थगित गर्न आग्रह गरेका थिए। तर, प्रदर्शनकारीले त्यसलाई अवज्ञा गर्दै विरोध प्रदर्शन गरेका थिए।

प्रकाशित: १९ असोज २०८२ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast