इलाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २८ पुग्यो

हिमाल प्रेस १९ असोज २०८२ १२:३२
20
SHARES
इलाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २८ पुग्यो इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बजार आसपासका क्षेत्रमा शनिबार गएको पहिरोले क्षतिग्रस्त घर। तस्बिर सौजन्य : रुटिन अफ इलाम

काठमाडौँ– इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। सशस्त्र प्रहरी बलका अनुसार पहिरोमा पुरिएर माइजोगमाई गाउँपालिका-५ प्याङमा  आठजना, इलाम नगरपालिका-६ मा ६ जना र सूर्योदय नगरपालिका-१ मा पाँचजनाको मृत्यु भएको छ।

यसैगरी  माङसेबुङ गाउँपालिका-१ पाटीगाउँमा तीन, सन्दकपुर गाउँपालिकामा तीन, देउमाई नगरपालिका-५ धुसेनीमा दुई र फाकफोकथुम गाउँपालिका-१ रातमाटेमा एकजनाको ज्यान गएको छ।

सशस्त्र प्रहरी बलका अनुसार देउमाई-५ धुसेनीस्थित दीपक लिम्बूको घर पहिरोले पुरिएर नाम नखुलेको दुईजनाको मृत्यु हो। यसैगरी माङसेबुङ गापा ५ स्थित पार्टीगाउँमा मदन लिम्बूको घर पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।

विभिन्न स्थानमा गएको पहिरोले इलाममा १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। उनका अनुसार सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका बेपत्ता भएकी छन्। माङ्सेबुङ गाउँपालिकामा दुईजना गम्भीर घाइते भएको जानकारी आएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल खटिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी भोलनाथ गुरागाईँले पहिरोपीडितको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए।

प्रकाशित: १९ असोज २०८२ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast