टिकट काटेर हल पुग्न नसक्ने दर्शकहरूको पूरै पैसा फिर्ता गर्ने क्यूएफएक्स सिनेमाजको निर्णय

हिमाल प्रेस १९ असोज २०८२ ११:२८
6
SHARES
टिकट काटेर हल पुग्न नसक्ने दर्शकहरूको पूरै पैसा फिर्ता गर्ने क्यूएफएक्स सिनेमाजको निर्णय

काठमाडौँ– मल्टिप्लेक्स हल क्यूएफएक्स सिनेमाजले टिकट काटेर हलसम्म पुग्न नसक्ने दर्शकहरूको पूरा पैसा फिर्ता गर्ने भएको छ।

क्यूएफएक्सले सूचना जारी गरी असोज आइतबारका लागि अग्रिम बुक गरेर हलसम्म जान असमर्थ दर्शकहरूको टिकटको पूरा पैसा फिर्ता गरिने निर्णय गरेको जनाएको हो।

दर्शकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर यस्तो निर्णय गरेको सूचनामा भनिएको छ।

‘हामी आशा गर्छौं तपाईं र तपाईंका प्रियजनहरू सुरक्षित हुनुहुन्छ। नदीको पानीको सतह बढेको कारण केही क्षेत्रहरू बाढीबाट प्रभावित भएका छन्। तपाईंको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो,’ जारी सूचनामा भनिएको छ, ‘यदि, तपाईं फिल्म हलहरूमा जान सक्नुहुन्न भने कृपया चिन्ता नगर्नुहोस्। (अक्टोबर ५ असोज १९) को तपाईंको टिकटको पूर्ण रकम फिर्ता गरिनेछ।’

देशभरका हलमा अहिले दसैँलक्षित नेपाली फिल्म‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र बलिउड फिल्म ‘कांतारा’ चलिरहेको छ।

प्रकाशित: १९ असोज २०८२ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast