दक्षिण चीनमा आँधी : डेढ लाख मानिस सुरक्षित स्थलतर्फ

हिमाल प्रेस १९ असोज २०८२ ८:४३
6
SHARES
दक्षिण चीनमा आँधी : डेढ लाख मानिस सुरक्षित स्थलतर्फ

काठमाडौँ– माट्मो नामक आँधी चीनमा प्रवेश गर्नुअघि नै शक्तिशाली बनेपछि दक्षिणी चीनमा उच्च सतर्कता अपनाइएको छ। सरकारले दक्षिणी ग्वाङ्डोङ प्रान्तबाट करिब १ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार आइतबार बिहान आँधीको अधिकतम वेग १५१ किलोमिटर प्रतिघण्टा (९४ माइल प्रतिघण्टा) पुगेको थियो। आँधीले आइतबार दिउँसो बस्तीमा प्रवेश गर्ने अनुमान गरिएको छ। मौसम प्राधिकरणले आफ्नो प्रणालीको सबैभन्दा उच्च स्तरको खतराको संकेत जारी गरेको छ। आँधीको जोखिममा रहेको हाइनान प्रान्तमा शनिबारदेखि नै हवाई उडानहरू र सार्वजनिक यातायात बन्द गरिएको छ।

ग्वाङ्डोङ प्रान्तका दक्षिण-पश्चिमी भागमा आँधीको असर पर्ने भएकाले त्यहाँका करिब १ लाख ५१ हजार मानिसलाई स्थानान्तरण गरिएको आधिकारिक पत्रिका द पेपरले जनाएको छ। त्यसैगरी मकाउमा आँधीको प्रत्यक्ष असर नपर्ने भए पनि खराब मौसमका कारण विद्यालयका कक्षा स्थगित गरिएको छ। अधिकारीहरूले तीव्र वर्षाको चेतावनी पनि दिएका छन्। आँधी त्यसपछि पश्चिम र उत्तरतर्फ सर्दै उत्तरी भियतनाम र चीनको युनान प्रान्ततिर अगाडि बढ्नेछ।

प्रकाशित: १९ असोज २०८२ ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast