बाढीले बगाउँदा चार युवा बेपत्ता

हिमाल प्रेस १९ असोज २०८२ ८:०३
10
SHARES
बाढीले बगाउँदा चार युवा बेपत्ता

रसुवा- लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चारजना बेपत्ता भएका छन्। भक्तपुरबाट शुक्रबार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो।

गोसाइँकुण्ड गाउँपालिका-४ बेरिङ खोल्छामा आएको बाढीले बगाउँदा १६ जनामध्ये चारजना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए। उनका अनुसार बेपत्ता हुनेमा भक्तपुर जिल्ला ठिमी नगरपालिका-३ का २५ वर्षीय संस्कृति श्रेष्ठ, २५ वर्षे किसन श्रेष्ठ, २५ वर्षीय संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० का २३ वर्षे रवी श्रेष्ठ छन्। रासस

प्रकाशित: १९ असोज २०८२ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast