मनसुनी प्रणाली पूर्वतर्फ सर्दै, यस्तो छ आजको मौसम

हिमाल प्रेस १९ असोज २०८२ ७:३७
12
SHARES
मनसुनी प्रणाली पूर्वतर्फ सर्दै, यस्तो छ आजको मौसम

काठमाडौँ- देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा आइतबार देशभर साधारणतया वर्षा हुनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।

कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ। साथै कोशी र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आइतबार कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १९ असोज २०८२ ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast