
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको खतराबाट सजग रहन अपिल गरेका छन्।
राष्ट्रपति पौडेलले शनिबार जारी गरेको अपिलमा उल्लेख छ, ‘विपदमा धैर्यपूर्वक चुनौती सामना गर्न म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्दछु।’ यसैगरी उनले विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल गरेका छन्।
प्रकाशित: १८ असोज २०८२ २१:४०
प्रतिक्रिया