
काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले बिदामा रहेका बलका कर्मचारीलाई आइतबार नजिकको युनिटमा हाजिर हुन निर्देशन दिएको छ।
सरकारले मौसम प्रतिकूलताका कारण असोज १९ र २० गते सार्वजनिक बिदा दिए पनि सशस्त्रले भने उद्धार र राहतमा जुट्नुपर्ने भएकाले नजिकको युनिटमा हाजिर हुन बिदामा बसेका कर्मचारीलाई निर्देशन दिएको हो।
दसैँ बिदामा रहेका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई सबैभन्दा नजिकको सशस्त्र प्रहरी कार्यालयमा असोज १९ गते बिहान १० बजेसम्म हाजिर हुन बलले निर्देशन दिएको छ। हाजिर भएका कर्मचारीहरूलाई विपद् उद्धार कार्यमा परिचालन गरिनेछ।
तोकिएको मितिमा हाजिर नभएका कर्मचारीहरूलाई नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी बलको प्रधान कार्यालयले दिएको छ।
प्रकाशित: १८ असोज २०८२ १९:३३
प्रतिक्रिया