विद्यालयलाई आपत्‌कालीन आश्रयस्थलका रूपमा प्रयोग गर्न निर्देशन

हिमाल प्रेस १८ असोज २०८२ १८:३८
6
SHARES
विद्यालयलाई आपत्‌कालीन आश्रयस्थलका रूपमा प्रयोग गर्न निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाढीपहिरोका बेला विद्यालयलाई आपत्‌कालीन आश्रयस्थलका रूपमा प्रयोग गर्न देशभरका सबै विद्यालयलाई निर्देशन दिएको छ।

केन्द्रले अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भूक्षयलगायतका जोखिमका कारण प्रभावित हुन सक्ने समुदायलाई तत्काल राहत तथा सुरक्षाको आवश्यकता पर्ने देखिएमा विद्यालयलाई आपत्‌कालीन आश्रयस्थलका रूपमा प्रयोग गर्न निर्देशन दिएको हो।

केन्द्रले शनिबार जारी गरेको सूचनामा विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरू आफू सुरक्षित रही स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा राहत, उद्धार तथा विपद् व्यवस्थापन कार्यमा जुट्न निर्देशन दिइएको छ।

यति बेला विद्यालय दसैँ बिदाका कारण बन्द छन्। साथै आइतबार र सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: १८ असोज २०८२ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast