गण्डकीको संसद बैठक अब कृषि मन्त्रालयको सभाहलमा

हिमाल प्रेस १८ असोज २०८२ १४:४८
6
SHARES
गण्डकीको संसद बैठक अब कृषि मन्त्रालयको सभाहलमा

पोखरा– गण्डकी प्रदेशसभाको बैठक अबदेखि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने भएको छ।

गत २४ भदौमा जेनजी प्रदर्शनको क्रममा नदीपुरस्थित संसद भवन जलेर ध्वस्त भएपछि बैठकस्थल कहाँ राख्ने भन्ने अन्योल थियो।

प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले शनिबार एक सूचना जारी गर्दै यही २२ असोजदेखि बैठक मालेपाटनस्थित उक्त मन्त्रालयको सभाहलमा बस्ने जानकारी गराएका हुन्।

सभामुख कृष्णप्रसाद धितालले २२ असोज दिउँसो १ बजेका लागि संसद बैठक बस्ने मिति र स्थान निर्धारण गरेको जानकारी नवनियुक्त सचिव पौडेलले दिए। गत २५ भदौका लागि तोकिएको बैठक जेनजी प्रदर्शनका कारण भवन जलेर ध्वस्तपछि अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

प्रदर्शनमा प्रदेशसभा हलमा आगजनी गरेपछि भवन र सचिवालय पूर्णरूपमा प्रयोगयोग्य नरहेको अवस्था छ। काठ, फलाम र सिसा जल्ने क्रममा सभाहलको आन्तरिक संरचना, ध्वनि प्रणाली, कागजात र अभिलेखसमेत नष्ट भएका थिए। त्यसयता सचिवालयका अधिकांश प्रशासनिक कामहरू अस्थायी रूपमा विभिन्न मन्त्रालयका कक्षहरूमा सरेर सञ्चालन हुँदै आएका छन्।

प्रदेशसभा स्रोतका अनुसार स्थायी हल पुनःनिर्माणको काम अघि बढाउन प्रारम्भिक मूल्यांकन भइसकेको छ र पुनःनिर्माणका लागि आवश्यक बजेट छुट्याउन तयारी भइरहेको छ।

मालेपाटनको सभा हलमा ध्वनि प्रणाली, बैठक व्यवस्था र सुरक्षा व्यवस्थापनका केही प्राविधिक तयारी बाँकी छ, जुन बैठक बस्नुअघि पूरा गरिने बताइएको छ।

प्रकाशित: १८ असोज २०८२ १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast