बन्धक रिहा गर्न हमास तयार

हिमाल प्रेस १८ असोज २०८२ १३:२०
34
SHARES
बन्धक रिहा गर्न हमास तयार

काठमाडौँ- हमास सबै बन्धकलाई रिहा गर्न तयार भएको छ। बन्धकहरू रिहा गर्न इजरायलले अघि सारेको प्रस्तावमा हमास तयार भएको हो।

यद्यपि उसले गाजामा शान्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तयार पारेको योजनाका केही मुख्य बुँदामा अझ छलफल गर्न चाहेको बताएको छ।

यो घोषणा हमासलाई ट्रम्पले दिएको ‘डेडलाइन’ पछि आएको हो।

‘हमासको ताजा वक्तव्यका आधारमा मलाई लाग्छ कि उनीहरू स्थायी शान्तिका लागि तयार छन्,’ ट्रम्पले भने,‘इजरायलले तुरुन्तै गाजामाथि बमबारी रोक्नुपर्छ, ताकि हामी बन्धकहरूलाई सुरक्षित रूपमा छिट्टै बाहिर निकाल्न सकौँ।’

केही दिअघि इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहू अमेरिकी भ्रमणमा रहेका बेला ट्रम्प र उनीबीच अमेरिकी शान्ति योजनामा सहमति बनेको थियो।

बन्धकहरू रिहा गर्न हमासले सहमति जनाएपछि इजरायली प्रधानमन्त्री नेतन्याहूले इजरायल अब शान्तिका लागि ‘ट्रम्पको योजना’ मा अमेरिकासँग मिलेर काम गर्ने बताएका छन्।

‘हमासको प्रतिक्रियापछि इजरायल सबै बन्धकहरूको तत्काल रिहाइका लागि ट्रम्प योजनाको पहिलो चरण तुरुन्त लागू गर्न तयार छ,’ प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ,‘हामी युद्ध अन्त्य गर्नका लागि राष्ट्रपति ट्रम्प र उनको टिमलाई पूर्ण सहयोग गर्नेछौँ।’

प्रकाशित: १८ असोज २०८२ १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast