शिक्षामन्त्री महावीर पुनले जेनजी पुस्तालाई गरे यस्तो आह्वान

हिमाल प्रेस १८ असोज २०८२ १२:०५
10
SHARES
शिक्षामन्त्री महावीर पुनले जेनजी पुस्तालाई गरे यस्तो आह्वान शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्तालाई मतदाता नामावलीमा नाम समावेश गर्न अनुरोध गरेका छन्। उनले फागुन २१ गते हुने चुनावमा भोट हाल्ने प्रयोजनका लागि मतदाता नामावलीमा नाम टिपाउन अनुरोध गरेका हुन्।

जेनजी पुस्ताले गरेको आन्दोलनका कारण गठित अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकेको छ। पुनले शनिबार बिहान समामाजिक सञ्जालमा लेखेका छन्, ‘१६ वर्ष पुगेका युबा भाई बहिनीहरुलाई सविनय अनुरोध गर्दछु कि यही आउँदो फाल्गुन २१ गतेका दिन हुन गइरहेको आमचुनावमा भोट खसाल्नका लागि नबिर्सिकन भोटर लिस्टमा नाम दर्ता गर्नुहोला।’

धेरैभन्दा धेरै युवाहरुले भोट हालेर जोसिला र इमानदार युवाहरुलाई नेतृत्वमा ल्याउनुपर्ने पुनको भनाइ छ। उनले भनेका छन्, ‘अनि मात्र जेनजीहरुको सपना पूरा हुन्छ। नत्र भने सोचेको परिवर्तन सम्भव छैन। आजदेखि नै लागौँ।’

नेपालको संविधानको धारा ८४ को उपधारा ५ मा १८ वर्ष पूरा गरेका बालिग नागरिकले मतदान गर्नसक्ने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मात्र फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउनेछन्।

आयोगका अनुसार मतदाता नामावली संकलन कार्य कात्तिक ३० गतेसम्म पुनः सञ्चालन हुने भएको छ। सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सकिने गरी व्यवस्था गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast