
काठमाडाैँ- मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा रहेको छ। तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।
पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले सावधानी पूर्वक सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ ।
यता मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
प्रकाशित: १८ असोज २०८२ ७:४६
प्रतिक्रिया