उज्यालो नेपाल पार्टीसँग मेरो सम्बन्ध छैन : कुलमान घिसिङ

हिमाल प्रेस १७ असोज २०८२ १७:१२
14
SHARES
उज्यालो नेपाल पार्टीसँग मेरो सम्बन्ध छैन : कुलमान घिसिङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ। फाइल तस्बिर

काठमाडौँ– उर्जा,भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल नामक पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको र त्यस पार्टीका अध्यक्षलगायत कोहीसँग पनि छलफल नभएको प्रष्ट पारेका छन्।

निर्वाचन आयोगमा दर्ताका लागि पेश भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष ज्ञान तामाङले आफूहरु कुलमान घिसिङसँग पनि वार्तामा रहेको र एउटै पार्टी बन्ने दावी गरिरहेका बेला घिसिङले खण्डन गरेका हुन् ।

कुलमानले वक्तव्यमार्फत आफू उक्त पार्टीमा आबद्ध रहनेबारे कुनै किसिमको छलफल नभएको र प्रचार गरिएजस्तो जुम बैठकमा आफ्नो सहभागिता नरहने समेत प्रष्ट पारेका छन् ।

प्रकाशित: १७ असोज २०८२ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast