
काठमाडौँ- देशभर साधारणतया बदली रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेश बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति देशभर साधारणतया बदली रहने छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
प्रकाशित: १७ असोज २०८२ ६:३९
प्रतिक्रिया