कन्याको मन खुसी, मकरको काम बन्ने, यस्तो छ आजको राशिफल

हिमाल प्रेस १७ असोज २०८२ ६:२८
14
SHARES
कन्याको मन खुसी, मकरको काम बन्ने, यस्तो छ आजको राशिफल

आज २०८२ असोज १७ गते शुक्रबार। असोज शुक्ल एकादशी। यस्तो छ राशिफल :

मेष : सोचेका काम बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।

वृष : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

मिथुन : नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ।

कर्कट : परोपकारी काममा रुचि बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ।

सिंह : सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

कन्या : साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

तुला : टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ।

वृश्चिक : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि प्रगति हुने समय छ ।

धनु : व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइ लेखाइमा प्रगति हुनेछ।

मकर : रोकिएका अधुरा काम बन्नेछन्। धेरैले तपाईंका कामको प्रशंसा गर्नेछन्। लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ।

कुम्भ : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।

मीन : सुखदु:खमा साथ दिने प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्त्वपूर्ण काम सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

प्रकाशित: १७ असोज २०८२ ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast