
काठमाडौँ- बेलायतको म्यानचेस्टरमा भएको एक कार आक्रमणमा चार जना घाइते भएका छन्। यो आक्रमण एक यहूदी प्रार्थनास्थल नजिक भएको हो।
शंकास्पद आक्रमणकारीलाई प्रहरीले गोली हानेको छ। ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नह्यामका अनुसार आक्रमणकारीको मृत्यु भएको छ।
घटनाबारे प्रहरीलाई एक प्रत्यक्षदर्शीले जानकारी दिएका थिए। उनका अनुसार कार भीडतर्फ गइरहेको देखिएको थियो र यसले एक व्यक्तिलाई किचेको थियो।
यो घटनापछि बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले आफ्नो डेनमार्क भ्रमण रद्द गरी कोपहेगनबाट फर्किरहेका छन्। स्टार्मरले लन्डनमा आकस्मिक बैठक गर्ने तयारी गरेका छन्।
प्रकाशित: १६ असोज २०८२ १७:२७
प्रतिक्रिया