विजयदशमीका अवसरमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका मृतकका परिवार भेट्ने

हिमाल प्रेस १६ असोज २०८२ १३:५२
12
SHARES
विजयदशमीका अवसरमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका मृतकका परिवार भेट्ने प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन् ।

आज प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेट्नेछिन् । बिहीबार दिउँसो पौने तीन बजेदेखि ३ बजेसम्म उनको परिवारलाई वनस्थली गएरै कार्कीले भेट्ने समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसपछि कार्कीले नागर्जुन ३ मा मृतक कान्छी नगरकोटीको परिवारलाई १५ मिनेट भेट्ने कार्यक्रम तय भएको छ । त्यसपछि भने प्रधानमन्त्री कार्की कीर्तिपुरस्थित मैत्रीनगर जाने र त्यहाँ मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेट्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।

Shivam Cement
प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाने बताइसकेकी छन् ।

प्रकाशित: १६ असोज २०८२ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast