राष्ट्रपतिले लगाए गुरुपुरोहितबाट दसैँको टीका

हिमाल प्रेस १६ असोज २०८२ १२:४१
4
SHARES
राष्ट्रपतिले लगाए गुरुपुरोहितबाट दसैँको टीका

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले गुरुपुरोहितको हातबाट दसैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन् ।  शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका र प्रसाद ग्रहण गरेका हुन् ।

उनले हनुमान ढोका दरबारका गुरू देवराज अर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टीका र जमरा ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाई दिएका थिए ।

प्रकाशित: १६ असोज २०८२ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast