
काठमाडौँ– विजयादशमीको बिहान बिहीबार काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन्।
काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यहीँ रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडकमा न्यून सवारीसाधन आवागमन भएको देखिन्छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ। टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ।
दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्यांक छ ।
प्रकाशित: १६ असोज २०८२ ११:०१
प्रतिक्रिया