
काठमाडौँ- टेस्लाका मालिक एलन मस्कको कुल सम्पत्ति पाँच अर्ब अमेरिकी डलर नाघेको छ।
फोर्ब्स इन्डेक्सका अनुसार बुधबार केही समयका लागि उनको सम्पत्ति ५००.१ अर्ब डलर पुगेको थियो। तर, त्यसपछि घटेर ४९९ अर्ब डलरभन्दा माथि कायम रह्ययो।
टेस्ला, एक्सएआई र स्पेसएक्सका सेयर मूल्यमा आएको वृद्धि नै यस उपलब्धिको प्रमुख कारण बनेको हो।
ओरेकलका ल्यारि एलिसन ३५०.७ अर्ब डलरसहित दोस्रो स्थानमा छन्।
मस्कको सम्पत्तिको ठूलो हिस्सा टेस्लामा रहेको उनको १२ प्रतिशत स्वामित्वबाट आएको हो। बुधबारमात्रै टेस्लाको सेयर ३.३ प्रतिशत बढ्यो। यो वर्ष अहिलेसम्म टेस्लाको मूल्य १४ प्रतिशतले बढिसकेको छ।
गत महिनमा मस्कले झन्डै १ अर्ब डलर बराबरको टेस्ला सेयर खरिद गरेका थिए। विश्वलेषकहरूले यसलाई कम्पनीप्रति उनको विश्वासको संकेत मानेका छन्।
यद्यपि टेस्लासामु चुनौतीहरू कम छैनन्। विश्वव्यापी विद्युतीय सवारीसाधन बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ र चीनको बीवाईडी जस्ता कम्पनीहरूले टेस्लालाई कडा चुनौती दिइरहेका छन्।