वेस्ट इन्डिजसँगका दुई खेलमा निलम्बनमा थिए सन्दीप लामिछाने

हिमाल प्रेस १५ असोज २०८२ १९:५२
12
SHARES
वेस्ट इन्डिजसँगका दुई खेलमा निलम्बनमा थिए सन्दीप लामिछाने

काठमाडौँ– नेपाली क्रिकेट टोलीका सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।

सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ।

प्रकाशित: १५ असोज २०८२ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast