मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोली घोषणा

हिमाल प्रेस १५ असोज २०८२ १७:५३
8
SHARES
मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोली घोषणा

काठमाडौँ– मलेसियासँग टी २० क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा आज टोलीको घोषणा गरेको हो ।

टोलीमा बर्मासँगै पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमति ऐरी, सम्झना खड्का, कविता जोशी, रीया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा बिष्ट, सावित्री दामी र कविता कुवँर समावेश छन् ।

टोलीले २,४,५,७ र ८ अक्टुबरमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: १५ असोज २०८२ १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast