![मनै लोभ्याउने मुस्ताङ [तस्बिरमा]](https://himalpress.com/wp-content/uploads/2025/10/mustang2.jpg)
गण्डकी प्रदेशको उत्तरमा अवस्थित हिमालपारिको जिल्ला हो मुस्ताङ। धवलागिरी र नीलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित यो जिल्ला हिन्दू र बौद्ध तीर्थयात्रीहरूको पावन भूमि हो। पवित्र कृष्णा गण्डकी यही जिल्लाबाट उत्पत्ति भएर बग्छ।
मुक्तिनाथधाम, कागबेनी, दामोदरकुण्डजस्ता तीर्थस्थलका कारण मुस्ताङ जिल्ला हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो।
प्रकृतिको अनुपम दृष्य भएको मुस्ताङका मनमोहक एवं सुन्दर दृश्यले जोकोही पनि लोभिन्छन्। गुरुङ र थकाली समुदायको बसोबास रहेको यस जिल्लाका अधिकांश मानिस बाद्ध धर्मप्रति आस्थावान् छन्। नेपाल र चीनबीचको कोरला नाका यही जिल्लामा पर्छ।

तस्बिर : रासस
प्रकाशित: १५ असोज २०८२ ११:१३
प्रतिक्रिया