अमेरिकामा सरकारी कामकाज ठप्प हुने संकट, ‘सटडाउन’ को खतरा

हिमाल प्रेस १५ असोज २०८२ ९:१४
16
SHARES
अमेरिकामा सरकारी कामकाज ठप्प हुने संकट, ‘सटडाउन’ को खतरा अमेरिकामा सटडाउनका कारण राष्ट्रिय निकुन्ज बन्द गरिएको छ।

काठमाडौँ- अमेरिकी सिनेटमा सरकारलाई आर्थिक सहयोग उपलब्ध गराउने डेमोक्र्याट्सको प्रस्ताव अस्वीकार गरिएको छ। मतदान प्रक्रियामा यो विधेयकको पक्षमा ४७ र विपक्षमा ५३ मत खसेको थियो।

यो प्रस्ताव सरकारलाई ‘सटडाउन’ बाट जोगाउने प्रयास थियो। तर, सय सदस्यीय सदनमा आवश्यक ६० मत नपाएपछि प्रस्ताव अस्वीकृत भएको हो।

यसपछि रिपब्लिकनले प्रस्तुत गरेको ‘फन्डिङ विधेयक’ पनि ५५–४५ को मतान्तरले अस्वीकृत भएको छ।

यसपछि ह्वाइट हाउसको वेबसाइटमा सटडाउनको ‘काउन्टडाउन क्लक’ राखियो। पेजमा यसलाई ‘डेमोक्र्याट सटडाउन’ भनेर ‘जनता डेमोक्र्याट’ सँग सहमत नरहेको उल्लेख गरिएको छ।

सटडाउन के हो?

अमेरिकी सरकार सञ्चालन गर्न हरेक वर्ष बजेट पारित गर्नु अनिवार्य हुन्छ। यदि सिनेट र हाउसबीच सहमति नजुटेमा र अर्थसम्बन्धी विधेयक पारित हुन नसकेमा सरकारी निकायहरूले तलब पाउँदैनन्।

फलस्वरूप ‘गैरजरुरी’ सेवाहरू र कार्यालयहरू बन्द हुन्छन्। यसलाई सटडाउन भनिन्छ।

ह्वाइट हाउसले के भन्यो?

ह्वाइट हाउसको प्रबन्ध तथा बजेट कार्यालयले ज्ञापन जारी गर्दै मंगलबार मध्यरातिदेखि ‘सटडाउन’ हुने पुष्टि गरेको छ। ज्ञापनमा निर्देशक रस्सेल भटले हस्ताक्षर गरेको बीबीसीले जनाएको छ।

यसबैबीच डेमोक्र्याट्स र रिपब्लिकन एकअर्कामाथि ‘सटडाउन’ को जिम्मेवार बताइरहेका छन्। रिपब्लिकनको नियन्त्रणमा कांग्रेस भए पनि सिनेटमा खर्चसम्बन्धी कुनै पनि विधेयक पारित गर्न ६० मत चाहिन्छ, जुन उनीहरूसँग छैन।

सटडाउनको असर व्यापक हुनेछ। राष्ट्रिय पार्कहरू बन्द भएका छन् र श्रम विभागअन्तर्गतको ब्युरो अफ लेबर स्ट्याटिस्टिक्स पनि बन्द हुनेछ।

प्रकाशित: १५ असोज २०८२ ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast