
काठमाडौँ– फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ। अहिले उद्धारको काम भइरहेको छ।
प्रकाशित: १५ असोज २०८२ ७:५९
प्रतिक्रिया