मौसम विभाग भन्छ : आज देशका विभिन्न भागमा भारी वर्षा हुन्छ

हिमाल प्रेस १५ असोज २०८२ ६:३१
48
SHARES
मौसम विभाग भन्छ : आज देशका विभिन्न भागमा भारी वर्षा हुन्छ फाइल तस्बिर।

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार दिउँसो र राति देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ।

यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अनुसार हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको छ।

प्रकाशित: १५ असोज २०८२ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast