युट्युबमा दसैँका १० सदाबहार गीत

सुस्मिता बजगाईं १५ असोज २०८२ ८:२७
14
SHARES
युट्युबमा दसैँका १० सदाबहार गीत

काठमाडौँ- नेपालीको ठूलो चाड हो दसैँ। दसैँमा देवी दुर्गाको उपासना, आफन्तबीच भेटघाट र मान्यजनबाट टीकाजमरासहित आशीर्वादले उम‌ंग ल्याउँछ। याेसँगै  घटस्थापनादेखि बझ्ने मालश्री धुन र दसैँ विशेष कालजयी गीत/स‌ंगीतले दसैँलाई अझ रमणीय बनाउँछ।

दसैँमा सधैँ पुरानै गीतले चर्चा पाउँछ। त्यसो त नयाँनयाँ गीत पनि सार्वजनिक भइरहन्छन्। सर्जक तथा गायकले पनि तीज सकिएलगत्तै दसैँगीत सार्वजनिक गर्न थाल्छन्। बर्सेनि भ्युज पनि राम्रै गएको हुन्छ तर चाडपर्वमा भने पुरानै गीत बज्छन्। सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल र इनस्ट्राग्राममा पुरानै गीतका टुक्का चर्चित बनिरहेको देखिन्छ। हर्ष, उमंग, परिवारिक भेटघाट, परदेशीको पीडा समेटिएका गीत बढी लोकप्रिय छन्। यस्ता छन् दसैँमा बज्ने कालजयी चर्चित १० गीत :

दसैँ आयो

प्रत्येक दसैँमा सबैभन्दा बढी बझ्ने गीत हो ‘दसैँ आयो’। यो फिल्म ‘मुगलान’ मा समावेश गरिएको पुरानो गीत हो। कतिपयले यही गीत घन्किएपछि दसैँ लागेको अनुभव गर्छन्। गीतले पनि छुट्टै उमंग थपिदिन्छ।

गीतले पनि परदेश गएका दाजुभाइ गाउँ फर्केको र साथीभाइसँग रमाइलो गरेको, पिङ खेलेको याद ताजा गराइदिन्छ। लोकनाथ सापकोटाको शब्द रहेको गीतमा उदितनारायण झा, दीपा झा, नारायण लामा जुना प्रसाईको स्वर छ। सुरेश अधिकारीले संगीत भरेको गीतमा अमुल कार्कीको संगीत संयोजनमा बनेकाे छ।

दसैँ तिहार

सुगम पोखरेलको स्वर र संगीत रहेको ‘दसैँ तिहार’ धेरै गुञ्जिनमा पर्छ। यो गीत सार्वजनिक भएको एक दशक बितिसक्यो। अहिलेसम्म पनि गीतको उत्तिकै चर्चित छ। गीतले बाल्यकालमा चंगा उडाउने गरेको र परदेशीको पीडा झल्काउँछ। रवि श्रेष्ठको शब्द रहेको गीतमा विवश पौडेले संगीत संयोजन गरेका छन्।

बाटो हेरे हुन्छ है घरमा

परदेशी घर फर्किएको खुसीको भाव बोकेको गीत ‘बाटो हेरे हुन्छ है घरमा’ अर्को चर्चित गीत हो। कमेरो र रातो माटोले घर लिप्ने गरेको, लिंगे पिङ हाल्ने, खेतबारीमा धान झुल्ने समय, तिहारमा दाजुभाइ आउँदाको उमंगलाई गीतमा समेटिएको छ। यो गीत बज्दा सबैको मनमा उमंग छाउँछ साथै आनन्द पनि। गीतमा रेशम सापकोटा, प्रकाश क्षेत्री र विष्णु माझीको स्वर छ। गीतमा गायक रेशमकै शब्द र संगीत भरेका छन्।

दसैँ नै हो कि

गायक योगेश्वर अमात्यको स्वर रहेको ‘दसैँ नै हो कि यो मेरो दशा’ बोलको गीत पनि बर्सेनि घन्किन्छ। गीतले निम्नवर्गीय परिवारको समस्यालाई ‘पप रक’ शैलीमा प्रस्तुत गरिएको छ। दसैँ दशा बनेर आएको भन्दै गीतमार्फत परिवारको नयाँ कपडा, मिठा परिकार र छोराछोरीको खेलौना किनिदिने रहर पूरा गर्न नसकेको गरिबीको पीडा पोखिएको छ।

फेरि आयो दसैँ तिहार

‘फेरि आयो दसैँ तिहार’ बोलको गीतमा विष्णु माझी, खुमन अधिकारी र सुन्दरमणि अधिकारीको स्वर छ। सुन्दरमणिकै शब्द र संगीत रहेको गीतले गरिबीको व्यथा बोलेको छ।

दसैँतिहार आइसक्यो

विष्णु माझीको एकल स्वर रहेको ‘दसैँतिहार आइसक्यो’ बोलको गीत पनि श्रोतादर्शकको रोजाइमा पर्छ। गीतमार्फत दसैँमा बाटो कुरेर बसिरहेकी प्रेमिकालाई सम्बोधन गरिएको छ। यो सुन्दरमणि अधिकारीको शब्द र संगीतमा बनेकाे छ।

नमुछे आमा दहीमा टीका

परदेशी घर फर्किन नपाउँदाको पीडा समेटिएको मार्मित गीत ‘नमुछे आमा दहीमा टीका’ दसैँमा धेरै घन्किन्छ। दुई दशकअघि रेकर्ड गरिएको गीत निकै मार्मिक छ। लक्ष्मण रायमाझीको शब्द रहेको गीत नारायण रायमाझीले संगीत र कुन्दन राईको संगीत संयोजनमा बनेको छ।

दसैँ तिहार आयो

सुनिल गिरीको शब्द, स्वर र संगीत रहेको ‘दसैँ तिहार आयो’ दर्शकको रोजाइमा परेको अर्को गीत हो। गीतमार्फत चाड सुरु भएपछि गाउँ फर्किनेको ताँती लागेको, लाहुरे गाउँ फर्केको, परिवारमा छाएको हर्षलाई समेटिएको छ।

गावैँ रमाइलो

‘गावैँ रमाइलो’ बोलको दसैँ गीत पछिल्लो समय चर्चित बनेको छ। दसैँमा मनमा पीर भए पनि गाउँघरको रौनकले मन प्रफुल्ल हुने गाउँ रमाइलो हुने भाव समेटिएको गीतमा विमल परियार र सविता परियारको स्वर छ। शिव हमालको शब्द र संगीत रहेको गीतमा सुनिल परियारले संगीत संयोजनमा बनेको छ।

दसैँ तिहारमा रातै रमाइलो

नन्दु परियार र शान्तिश्री परियारको स्वर रहेको ‘दसैँ तिहारमा रातै रमाइलो’ गीत चर्चित छ। खेम सेञ्चुरीको शब्द र संगीत रहेको गीतमा बीबी अनुरागीले संगीत संयोजन गरेका छन्।

यी हुन् २०८२ सालका चर्चित १० दसैँ गीत

प्रकाशित: १५ असोज २०८२ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast