काठमाडौँ हरर फिल्म फेस्टिभलमा छानियाे १५ देशका २५ फिल्म

हिमाल प्रेस २९ असोज २०८२ १५:०४ | Wednesday, October 15, 2025
6
SHARES
काठमाडौँ हरर फिल्म फेस्टिभलमा छानियाे १५ देशका २५ फिल्म

काठमाडौँ- आगामी कात्तिक १४ देखि सुरु हुने काठमाडौँ हरर फिल्म फेस्टिभल-२०२५ मा १५ देशका २५ फिल्म प्रदर्शन हुने भएकाे छ। आयोजकले एक विज्ञप्ति जारी गर्दै फेस्टिभलमा १५ देशका २५ फिल्म छनाेट गरिएकाे जानकारी दिएकाे हाे।

जसमा लोककथा, मिथक तथा विभिन्न हरर र रहस्यका विषयवस्तुमा आधारित फिल्म रहेकाे छ। आयोजकका अनुसार फेस्टिभलमा विश्वभरका विभिन्न देशहरूबाट प्राप्त १०० भन्दा बढी फिल्म प्राप्त भएकाे थियाे।

जारी विज्ञप्तिमा फेस्टिभल आगामी कात्तिक १४ देखि १६ (अक्टोबर ३१ देखि नोभेम्बर २) सम्म रूसी घरमा हुने बताइएकाे छ।

फेस्टिभलमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट युवा फिल्म गरी तीन विधामा पुरस्कार प्रदान गरिनेछ। यसको निर्णायकमा छायांकन निर्देशक तथा फोटोग्राफर राजभाइ सुवाल, जर्मनका फिल्म समीक्षक होसाम फाह्मी, स्विडेन र लाट्भियाका फिल्म समीक्षक एलेक्जान्ड्रा एनबर्ग र मोरोक्कोका फिल्म समीक्षक यास्मिन बुछफार रहनेछन्।

फेस्टिभल नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको हो। महोत्सवको उद्देश्य नेपालमा हरर शैलीका फिल्महरूको निर्माण र विकासलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ। यो फेस्टिभल नेपालमा पहिलो पटक आयोजना गरिएको हो।

नेपालमा हरर शैलीका फिल्महरू निकै कम निर्माण हुने भएकाले दर्शकहरू नयाँपनको खोजीमा छन्,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फिल्म संस्कृतिलाई समृद्ध बनाउने, यस्ता फिल्मको माध्यमबाट नयाँ पुस्तालाई फिल्मप्रति आकर्षित गरी फिल्मको बजार विस्तारमा अर्को नयाँ ढोका खोल्ने एउटा महत्त्वपूर्ण प्रयास हो।’

छनाेट भएका फिल्म यहाँ हेर्न सकिनेछ।

KHFF 2025 Final Selection

प्रकाशित: २९ असोज २०८२ १५:०४ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast