दुई हजार चार सय ५१ सैन्य दीक्षित

हिमाल प्रेस २७ असोज २०८२ १७:४५ | Monday, October 13, 2025
दुई हजार चार सय ५१ सैन्य दीक्षित

काठमाडौँ– नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम सोमबार सम्पन्न भएको छ।

तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानमा सञ्चालित नौ महिना अवधिको सैन्य आधार तालिम दुई हजार १०२ जना पुरुष र ३४९ जना महिला पूरा गरी दीक्षित भएका हुन्।

तालिम समापनका अवसरमा त्रिशूलीस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा तालिम महानिर्देशक ध्रुवप्रकाश शाहलगायतका सैनिक अधिकृतले कवाज निरीक्षण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गरे।

प्रकाशित: २७ असोज २०८२ १७:४५ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast