गाजामा युदविरामको २४ घन्टा

हिमाल प्रेस २५ असोज २०८२ १७:५१ | Saturday, October 11, 2025
गाजामा युदविरामको २४ घन्टा तस्बिर : एफपी

काठमाडौँ- इजरायल र हमासबीच युद्धविराम लागू भएको २४ घन्टा बितेको छ। दुवै पक्षबीच शुक्रबार स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि युद्धविराम लागू भएको हो।

सम्झौताअन्तर्गत हमासलाई बन्धकहरू रिहा गर्न ७२ घन्टाको समय दिइएको छ।

यता हमासले इजरायली न्याय मन्त्रालयले बिहीबार सार्वजनिक गरेको २५० कैदीबन्दीबाहेक चर्चित प्यालिस्टिनी कैदीहरू पनि रिहो होस् भन्ने चाहेको छ।

युद्धविरामको पहिलो चरणको सर्तअनुसार गाजामा ठूलो मात्रामा मानवीय सहायता पुग्नुपर्ने थियो। तर, युनिसेफले जनाएअनुसार त्यो सायता वितरण हुन सकेको छैन।

यसैबीच हजारौँ विस्थापित प्यालिस्टिनीहरू आफ्ना घर फर्किरहेका छन्। तीमध्ये धेरैको घरहरू पूर्णरूपमा ध्वस्त भइसकेका छन्।

यसैबीच दक्षिणी लेबनानमा रातभर हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ।

ती आक्रमणहरू एक हिज्बुल्लाह आतंकवादी संरचनालाई लक्षित गरेर गरिएको इजरायली सेनाको भनाइ छ। लेबनानी सञ्चारमाध्यमका अनुसार ती आक्रमणहरूमा एक व्यक्तिको मृत्यु भएको र सात जना घाइते भएका छन्।

प्रकाशित: २५ असोज २०८२ १७:५१ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast