नारायणकाजी-वामदेवसहित १९ राष्ट्रियसभा सदस्य बाहिरिँदै, कुन दलका कति?

हिमाल प्रेस १२ कार्तिक २०८२ २०:०२ | Wednesday, October 29, 2025
4
SHARES
नारायणकाजी-वामदेवसहित १९ राष्ट्रियसभा सदस्य बाहिरिँदै, कुन दलका कति? राष्ट्रियसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि तोकेको छ। माघ ११ गते हुने निर्वाचन १९ सदस्यका लागि मतदान हुनेछ।

२०७६ मा राष्ट्रियसभा सदस्य बनेका वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, डा. वेदुराम भुसालसहित १९ जनाको कार्यकाल आगामी फागुनमा सकिँदैछ।

यी १९ जनामध्ये वामदेव राष्ट्रपतिबाट मनोनीत भएका हुन्। अन्य १८ जनाको भने निर्वाचन हुनेछ।

यसपटक एमालेका ८, नेकपा माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद बाहिरिनेछन्।

बाहिरन लागेकाहरूमा एमालेका इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।

यस्तै माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान बाहिरिँदैछन्।

एकीकृत समाजवादीका डा. वेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि राष्ट्रियसभा सदस्यबाट बाहिरिने भएका छन्।

प्रकाशित: १२ कार्तिक २०८२ २०:०२ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast